आरम्भ तामाङको “सङा थुपा नम नम गी” म्युजिक भिडियो सार्वजनिक
काठमाडाँै । तामाङ गीत संगीतमा लोकप्रिय चर्चित नायक तथा गायक आरम्भ तामाङ र मोडल तथा गायिका ममता गुरुङको सुमधुर अवाजमा सजिएको (सङा थुपा नम नम गी) म्युजिक भिडियो सार्वजनिक भएको छ । आरम्बा तामाङ को आफ्नै युट्युब च्यानल मार्फत साउन १३ गते सार्वजनिक भएको हो । (सङा नम नम गी) गीतको शब्द रचना र संगीत आरम्बा तामाङ को रहेको छ र संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।
धार्मिक तथा पर्याटकिय महत्व बोकेको रासुवा जिल्लाको (नागथली ) सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् । भने छायांकन उमेश शाहले गरेका छन् र कलाकारहरु अ।रम्बा तामाङ र निलम तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन प्रतिक ङेश्युर ले गरेका छन् ।
नागथलीको रमाणीय दृश्यहरु गाँउबस्तीहरु, सेतै मुस्कुराई रहेको वरिपरिका हिमालहरु, पेखारीसंगै सुनमा सुगन्ध भनेझै रङगी विरङगी फुलेका फुलहरु र साथै मौलिक भेषभुषामा कार्सङ (घोडा) माथि चढेर आफ्नो प्रेमिका लाई भेट्न आएको दृश्यले भिडियोलाई सुन्दर, मनमोहक र रोमान्चक बनाएको छ ।
भिडियो आरम्भ तामाङको आफ्नै युट्युब च्यानलमा रहेको छ ।
VIDEO: