छिमी मम्बाको “म जन्मेको घर”म्युजिक भिडियो सार्वजनिक
काठमाडाँै । नेपाली गीत संगीतमा लोकप्रिय चर्चित गयिका तारा सिरिस मगरको सुमधुर अवाजमा सजिएको (म जन्मेको घर) म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्माता ‘छिमी मम्बा’कोे आफ्नै युट्युब च्यानल मार्फत भदौ ८ गते सार्वजनिक भएको हो । (म जन्मेको घर) गीतको शब्द रचना छिमी मम्बाको र संगीत देवराज आले मगरको रहेको छ । र संगीत संयोजन डोलराज बह्रघरकोे रहेको छ ।

मनमोहक दृस्यहरुले सुसोभित तथा धार्मिक महत्व बोकेको रासुवा जिल्लाको (गत्लङ गाँउ)सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् । भने छायांकन विनोद लामाले गरेका छन् र कलाकारहरु सोनम तामाङ र रन्जिता तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन प्रतिक ङेश्युर ले गरेका छन् ।
यस म्युजिक भिडियोमा एउटा छोरिले विवाह गरेर गएपछी आफु जन्मेको घर, परिवार,आमा बुबाको माया अर्शिवाद साथि संगी अफान्तजन र बालपनमा बिताएका ति रमाइलो पलहरुलाई सम्झिदै आफ्नो भावना , व्यक्ता गरिएको छ । छोरि चेलिले जतिनै बिलौना गरेपनि एकदिन जन्मघर छोडेर कर्मघर जानु पर्ने रहेछ भन्ने मार्मिक शब्दहरुले भिडियोलाई भावनात्मक बनाएको छ ।
आफु जन्मेको घर जे जस्तो सुकै भएपनी प्राण भन्दा प्यारो लाग्छ भनी आफ्नो वेदनाहरु पोख्दै र जन्मघरको साथि संगिनी संग बिताएका मिठो क्षण र नृत्यहरुले भिडियोलाई सुन्दर मनमोहक र भावनात्मक बनाएको छ ।
भिडियो निर्माता ‘छिमी मम्बा’ को आफ्नै युट्युब च्यानलमा रहेको छ ।
VIDEO