“ए ङला म्हेन्दो” म्युजिक भिडियो सार्वजनिक
काठमाडाँै । नेपाली गीत संगीतमा लोकप्रियता कमाउन सफल गायिका जिग्मे छ्योकि घिसिङ र नव गायक पुर्ण वाईबाको सुमधुर अवाजमा सजिएको ए ङला म्हेन्दो नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको निर्माता जिम्बा तामाङ रहेको छ र यो म्युजिक भिडियो जिम्बा युट्युब च्यानल मार्फत यहि मंसिर ४ गते सार्वजनिक भएको हो । ए ङला म्हेन्दो गीतको शब्द तथा संङगीत जिम्बा तामाङ र संगीत संयोजन वङच्यु फ्युवाको रहेको छ ।

प्राकृतिक दृस्यहरुले सुसोभित, धार्मिक महत्व बोकेको रासुवा जिल्लाको नगथली सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका हुन् भने छायांकन उमेश शाहले गरेका छन् र कलाकारहरु रन्जिता तामाङ र बुद्व वाईबा तामाङले नाटकीय अभिनय प्रस्तुत गरेका छन् ।

यस म्युजिक भिडियोमा च्यङ्बा र म्हेन्दोको पे्रम कहानी लाई प्रस्तुत गरिएको छ । हिमाली भेगका ति सुन्दरता संगै त्यहाँ फुल्ने फूल जस्तै गरी आफ्नो पे्रमिका लाई म्हेन्दो यानकि ‘फुल’ भनेर सम्बोधन गरिएको छ । फुल भन्ने शब्द आफैमा सुन्दर, कोमाल र पवित्र रहेकोले अझै पे्रम सम्बन्ध लाई गाढा र पे्रमिल बनाएको देखिन्छ । च्यङबा र म्हेन्दो को पे्रम कहानी मा थप्रैै रुप, रस, रंगहरु देखिएका छन् । अन्तिममा च्याङबाले आफ्नो धर्म संस्कार सस्कृति अनुसार सगुन (पोङ) लिएर तान्बा गान्बा सहित आफ्नो प्रेमिका म्हेन्दोको हात माग्न साफल भएको देख्न सकिन्छ । यि दृश्यहरुले भिडियोलाई सुन्दर, आनन्दित र रोमान्चक बनाएको छ ।
यो भिडियो “जिम्बा” युट्युब च्यानलमा रहेको छ ।