सिङ्ल्हा जात्रा र म्हेन्दोमाया प्रतियोगिता
भदौ पुर्णिमाको अवसरमा सिङ्ल्हामा आयोजित म्हेन्दोमाया प्रतियोगिता रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङको प्रमुख आतिथ्यामा सम्पन्न भएको छ । कार्यक्रमका सभापती राज किङ वाईबाको अनुसार तामाङ भाषा संस्कृति र भेषभुषाको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्धेश्यले म्हेन्दोमाया प्रतियोगिता २०८२ सिङ्ल्हा मुल आयोजक समिति, जम्बुलिङ फिल्मस् परिवार द्धारा आयोजित प्रतियोगितामा चार समूहले सहभागी जनाएका थिए । चारै समूह किस्पाङ गाउँपालिकाबाट थिए । म्हेन्दोमायामा लामो समयदेखि निरन्तर कृयाशिल म्हेन्दोमाया गायक तथा संगीतकार सागर एस वाईबा, बिगेन्द्र सिं वाईबा, रोशन प्mयुवा र आरम्भ तामाङको निर्णायक मण्डलले प्रतियोगीहरुको भेषभुषा, लय, शब्द चयन र सवाल जवाफको आधारमा अङ्क दिदै किस्पाङ साल्मे प्रथम, किस्पाङ साल्मे दृतिय, किस्पाङ छ्युलुङ तृतिय घोषना गरेका थिए भने किस्पाङ भाल्चेले सान्त्वाना प्राप्त गरेका थिए । प्रथम पुरस्कार रु २५ हजार र प्रमाण पत्र, दृतिय पुरस्कार रु १५ हजार र प्रमाण पत्र, तृतिय पुरस्कार रु १० हजार र प्रमाण पत्र र सान्त्वाना समुहलाई प्रमाण पत्र द्धारा प्रमुख आतिथी रामसिं तामाङले प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी सबैका लागि रुप्चेतमा खाना बस्नको लागि ब्यवस्था गरेको कार्यक्रमको संयोजक प्रकाश तामाङ र ब्यवस्थापक लोकेन्द्र तामाङले बताए। कार्यक्रम भब्य र सभ्यताका साथ सम्पन्न भएको सहभागीहरु बताउछन् । सिङ्ल्हामा रुबीभ्याली बाट आएका झाँक्री टोली सहित हजारौको माझमा कार्यक्रम समापन तथा पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी रामसिं तामाङले सिङ्ल्हाको बिकासको लागि धादिङ, रसुवा र नुवाकोट जिल्ला नै लाग्नु पर्ने बताए । खनियाबास गाउँपालिकाले गुरु योजना बनाएको र दराजमा थन्काएर राखेकोले सिङ्ल्हाको बिकास हुन नसकेको गुनासो ब्यक्त गरेका छन् । रुबी भ्याली क्षेत्रमा पर्ने मच्यातमा बिश्राम घरहरु बनीसकेको तर खनियाबासले बेवास्ता गरेको बताए ।

सिङ्ल्हाको महिमा
ल्हाप्साङकार्पो गणेश, बापील, ल्हारी आदि हिमालहरूको काखमा अवस्थित सिङला(क्षेत्र जैविक(विविधता युक्त प्राकृतिक रूपमा मनोरम बौद्ध धार्मिक क्षेत्र र बोन(धर्म प्रकृति(पूजक धार्मिक आस्थाका प्राचीन संगम स्थल हो । तामाङ साँस्कृतिक, ऐतिहासिक र पुरातात्वीक महत्वको यो स्थल सिङला, नेपालको मध्य पहाडि(हिमालय क्षेत्रकै सुन्दर दुर्लभ पर्यटकीय गन्तव्यहरू मध्य एक मानिन्छ ।
सिङ्ल्हा आसपास यार्चागुम्बा, निर्मासि, पाँचऔले लगायतको दुर्लभ जडिबुटिका साथै पामो स्युक्पा, स्युक्पा, राबार्लु, म्हेबार्लु लगायतका थरीथरीका धूपी, यहाँ अवलोकन गर्न सकिने ढकमक्क फुल्ने थरीथरीका लालिगुँरास, अनेकन सुगन्धित जंगली फूलहरु सिङल्हातिरै झुकिरहेका देखिन्छ । वरपरका अजंगका रहस्यमय चट्टानी डाँडाहरु र क्षितिजसम्म फैलिएका असंख्या डाँडाकाँडाको अनूपम दृश्यहरुले जो कोहिलाई मन्त्रमुग्ध बनाउँछ ।
तामाङभाषामा सीङगाल्हा, सिंगाला र सीङल्हा अचेल सीङला भनेर चिनिन्छ । यहाँ सीङको अर्थ शास्त्रीय तामाङ भाषामा ༼སིང་ངེ་༽ सीङङे पवित्र, सुद्ध, चोखो थलो र ला , ल्ह लेक, उचो देब स्थान भन्ने हुन्छ ।
सीङ्ल्हाको बारेमा लामा मतका बौद्धहरू तिब्बतमा पहिलो बौद्ध गोन्पा निर्माण गर्न पुगेका पद्मसम्भव समयका सवृद्ध क्षेत्र तथा मुलुकका रुपमा रहेको बताउँछन् । यस आसपासमा भुटान निवासी लामा सिङगाला रिन्पोर्छेले छामगोममा राखेका र साधना गर्नु भएका बेलामा रेमबहादुर तामाङले बताए अनुसार प्राचीन बौद्ध धार्मिक दुइसुमसाङग्ये त्रिकालदर्शिबुद्ध गुरू पद्मसम्भवको बार्छ्येलामसेल मार्गबाधा निवारण प्रार्थनामा बर्छेल्हामशिल शास्त्रमा यसरी लेखेका छन् ।
“गाङलागाङदुल कुरत्यननेः, चाङखाल्हायी ल्हथोगतुः। डाल्हाही गेञेन दाम्ला तागः, युलनी छावायी छा श्योद् दुः । सिङल्हयी गेञेन डेक्पा च्यनः, ञिश्यु चाचिग दाम्ला तागः। माङयुल देयी ज्यामटीनदुः, गेलोङ श्यीला ङोइडुप नाङः”
अनुवाद -जस्तालाई तदनरूप विनित गर्ने रूप देखाइ, चङखा नामक लेक ( कबिलेश्वर) को शिरमा पुग्नुभयो । युद्धका देव डाल्ह (फ्युकुरी) सँगको मित्रताको बाचाबन्धन, गर्मि देश देवीघाटमा सम्पन्न भयो ।
सिङगाल्हका २१ अभिमानी धर्मचारी मित्रशत्रुहरूसँग, पनि बाचाबन्धन बाँध्नु भयो ।
माङयुलमा महाकरूणामयिक ज्ञानसमपन्न चार भिक्षुहरूले सिद्धत्व प्राप्त गर्नु भयो ।
यहाँ तिब्बती बिद्वान राङज्युङ येसेका अनुसार माङयुल भन्नाले बालयुल अर्थात् काठमाडौं देखि उत्तर त्रिशुली देखि आजको तिब्बतको केरोङ(माथिको सीमासम्मको मुलक माङयुल गुङथाङ जहाँबाट पद्मसम्भवलाई छाड्ने समयमा तिब्बती राजाले अन्तिम बिदाइ गरेको थिए भनि बताएका छन् ।
सिङ्ल्हा, हाल धादिङ जिल्लाको खनियाबास गाँऊपालिका वडा नं २ मा पर्दछ, सिङ्ल्हा पुग्ने अनेक बाटो तथा पदमार्गहरू छन् । सजिलोका लागि काठमाण्डौको बालाजु माछापोखरी, टोखा, त्रिशूली, सोलेबजार, सातदोबाटो, किस्पाङ काहुले, भाल्चे, गोङ्गासम्म मोटर बाटो रहेको छ ।
सातदोबाटो सम्म पक्कि पिच(सडक ६१ किमि र बाँकि ९ किमि किस्पाङ गाउँपालिकाको बडा नं १ स्थित बाल्ची (भाल्चे) हुँदै गोङगा भञ्ज्याङसम्म ६ किमी, करिव ७६ किलोमिटरक सडक यात्रा तय गर्नुपर्दछ । काठमाण्डौंबाट विहान भाल्चेको लागि नियमित बस छुट्ने गर्दछ ।
गोङगामा दुइ, तीन घर वस्ती रहेको छ । पहिलो दिन भाल्चे मा बास बसी दुम्पङ र भेडा फर्मको अवलोकन गर्न सकिन्छ । गोङगाबाट करिव साढे तीन घण्टाको उकाली(जंगल भित्रको जैविक पैदलयात्रा पछि धादिङ, नुवाकोट र रसुवाका तामाङहरूको भेडा च्याङ्ग्रा तथा चौंरी गोठहरू रहेको प्राकृतिक सुन्दरताले भरिएको रुपचेत पुगिन्छ । यहाँ गोठहरूमा बास बस्ने गरिन्छ र सिङ्ल्हा माने रहेको टाकुरोमा पुग्न विहान पख करिव डेढ घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ ।
यही किम्बदन्तिले बताए अनुसार सिङलालाई त्यहाँका तामाङहरु ईष्टदेव तथा देवी अर्थात् बस्तीको शक्तिवान रक्षक देवताको रुपमा श्रद्धा, आस्थाभावका साथ पूज्दछन् । अप्सरा महिला देवीले सपनामा गोठालोलाई भनेको कारणले सीङ्ल्हालाई देवीरचेलीको आशिर्वाद लिने अर्थमा गोनेङ्याका दिन चेलीहरुको हातबाट त्यहाँका भाई युवाहरूले प्रसाद ग्रहन गर्ने गरिन्छ ।
सिङल्हा नुवाकोट, धादिङ र रसुवाका उत्तर तिब्बत तर्फ जाने प्राचीन राजकीय पदमार्गको केन्द्र हो । यही पदमार्ग भएर नुवाकोटका तामाङहरूले आफ्नो भेडीगोठ गोङगा, रूपचेत, मःचेत, पाङसाङ, सोमदाङ, खुर्पुगाङ, गालाङ, थाङमाचेत हुँदै मालागढी, साङजेनसम्म अचेल पनि लाने गर्दछ । भने भेडी गोठका साथै प्राचीनकालमा मालागढी साङजेनबाट केरोङ साङपो नदि तरेर केरोङ माथि माङयुल गुङथाङ सम्म पुग्ने गर्दथ्यो ।
सिङ्ल्हा क्षेत्र, प्राचीनकाल देखिनै धार्मिक आस्थाको केन्द्र रही आएको छ । सिङ्ल्हा लाई बौद्ध तथा प्रकृतिपूजक बोन धार्मिक आस्थाका पूण्यभूमि, तपोभूमि र सिद्धी प्राप्त गर्ने थलो मानिन्छ ।
सिङ्ल्हा क्षेत्रलाई प्राचीन बौद्ध धार्मिक केन्द्रको रूपमा रहेको थुप्रै वृतान्तहरू पाइन्छ । भुटानबाट प्रकाशित हुने राष्ट्रिय कुनशेल दैनिकमा प्रधान सम्पदक रहि सकेका हाल दार्जिलिङ निवासी निमा छिरिङ शेर्पाले उल्लेख गरे अनुसार तिब्बतमा राजा ठीस्रोङ देवचनले प्रथम केन्द्रीय गुम्बा अुअी साम्ये निर्माण गराउँदा उनका बौद्ध विरोधीहरूले तान्त्रीक अदभूद शक्तिद्वारा भूकम्प तथा भुँइचालो जस्तो प्राकृतिक प्रकोपहरू सृजना गरी अवरोध उत्पन्न गरेकाले राजाले महापन्डित शान्त रक्षितको सल्लाह बमोजिम तान्त्रीक महासिद्धि प्राप्त गुरू पद्मसम्भवलाई तिब्बत निमन्त्रणा गरेका थिए । राजाको निमन्त्रणालाई स्विकार गरी ७४७ ई। मा गुरु पद्मसंवभ नेपालको मारतिका९हलेसी०मा तपस्यामा लिन रहेको थिए । यसै वर्ष पद्मसम्भव अनेक मार्ग बाधाहरूलाई परास्त गरी तिब्बत पुगेका थिए।।।।ू ९शेर्पा, १९९९० । नेपाल आउँदा पद्मसम्भव आजको भारतको कुछ(विहारमा रहेको ओदन्तपुरी महाविहारबाट आउनु भएको र तिब्बतको साम्य गोम्बा पनि सोही ओदन्तपुरीको जस्तै निर्माण गरिएको उल्लेख छ । नेपाल आउँदा पद्मसम्भवले छ्युमीज्याङछ्युब ९दामनको ऋषिश्वर०, याङलेशो ९फर्पिङ०, ठमेलको थँबही९बिक्रमशिल महाविहार०, यारिनाक ९तेमाल०, मारतिका, लोगेकार ९लोमन्थाङ०आदि स्थानहरूमा गुरू पदम्सम्भव ध्यानमा बस्नुको साथै धर्देशना आदि गर्नु भएकोले यी स्थानहरूमा आजका दिन सम्म बौद्ध धर्मालम्बीहरूले तिर्थाटन गर्ने गरिआएको छ । नेपालबाट तिब्बत जाने क्रममा वागमतीको मुहान वाग्द्वार, चङखा ल्हा९ कविलासको लेक०, देवीघाट, फ्युक्ह्री डाल्हा देशबाट सिङला देश हुँदै केरोङ माङयुल गुङथाङ हुँदै तिब्बत पुगेको बार्छेल्हामशिलमा उल्लेख स्थानहरूबाटै ज्ञात हुन्छ । निमा छिरिङ सेर्पा ९१९९९० का अनुसार ८०२ ई। गुरू पद्मसम्भवले तिब्बती राजा ठिस्रोङ देवचनको अनुमति लिइ तिब्बतबाट बिदाभइ आउँदा राजाले माङयुल सम्म पुर्याउन पठाएको थियो । माङयुलबाट गुरू रिन्पोर्छेलाई सिङगाला पुग्न दुई दिन लाग्यो । सिङगलारसिङलामा राजा यक्ष थिए । राजा यक्षको एक हजार राजकन्याहरू र ५०० प्रजाहरूलाई बौद्ध धर्म देशना गर्नु भएको थियो । त्यहाँ गुरूपद्मसम्भव केही दिन बस्नु भयो । त्याहाँबाटै ङ्याबलीङमा पुग्नु भयो । ङ्याबलीङमा अझै पनि असुरहरूको राजा भएर बसि रहेक छन् अनि उनको युवावस्था यथावत छ।।।।ू भनि उल्लेख गरेका छन् । पुराना स्थानीय बौद्ध साधकहरूले सिङलामा गुरूपद्मसम्भवले धर्मदेशना तथा ध्यान गर्नु भएको स्थान मेफ्रा(ऊ ९खरानी ओढार०मा सम्पन्न भएको विश्वास गर्दछन् ।
यस वृतान्तले प्राचीन समयमा सिङला प्रदेश या क्षेत्रमा प्रभावशाली संघात्मक राज्यव्यवस्था रहेको संकेत गरेको छ । आजपनि सिङला क्षेत्रमा साङगाम, बाल्ची, किस्पाङ आदि नुवाकोटतर्फ तिम्लीङ, सेर्तुङ, बोराङ, जारनाङ आदि धादिङ जिल्ला तर्फ र रसुवा तर्फ गालाङ, गोलजोङ, पाजुङ आदि प्राचीन बस्तीहरू जहाँ पुरानो ङीङमापा मतको प्रारम्भिककालको तिब्बती प्रणालीको बौद्ध धर्मको अभ्यास जीवन्त रहेको पाइन्छ साथै प्राचीन संघात्मक तथा गणात्मक राज्यका राजकीय शासकीय भवन(दरबारहरूका भग्नावशेषहरू यसक्षेत्रका पुराना तामाङ गाउँहरूमा रहेको पाइन्छ । लेखकः अजितमान तामा ङर जीवन योञ्जन
https://youtu.be/ZDQah4r2JM8?si=c6cVqM3k9PLvaLSx