Next »
« Previous

तामाङ चलचित्र स्ह्यालगरको विशेष च्यारिट&


 तामाङ चलचित्र स्ह्यालगरको विशेष च्यारिटी शो
Posted On: November 22, 2014
 
मङ्सिर ६, काठमाडौं । तामाङ समुदायको सांस्कृतिक एबं समाजिक पक्षलाई उजागर गर्दै ल्हाप्साङकर्पो म्युजिकको व्यानरमा छारमाया तामाङद्वारा निर्मित चलचित्र स्ह्याल्गर (सगुन) को पहिलो विशेष च्यारिटी बौद्धस्थित सिद्धार्थ सिने हलमा मङ्सिर ५ गते शुक्रबार प्रदर्शन भएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नं ३ का सभासद शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रदर्शनमा सभासद दिलमान पाख्रिन, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, सभासद परशुराम तामाङ, ललितकलाका प्राज्ञ निमा ग्याम्चो बललगायतका विशेष अतिथिहरूको समेत उपस्थिति थियो । सोही क्रममा मिडिया पार्टनर तथा कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
यही चलचित्रको मुख्य कथाबस्तु यसप्रकार रहेको छ ।
‘स्ह्यालगर’ चलचित्र सिन्धुपाल्चोक जिल्लाको भोताङ गाविसमा विद्यमान तामाङ संस्कृति, रीतिरिवाज, भेषभूषा, आर्थिक अवस्था, प्राकृतिक दृष्यहरूबाट सुरु हुन्छ । विशेष गरि यो चलचित्रले चेलीबेटीहरुको अवस्थाः विभेदीकरण, शिक्षाप्रतिको बेवास्ता र थुप्रै थुप्रै ………। एकजना चेली, बाटुली (छारमाया तामाङ) उच्च शिक्षा हासिल गर्न लालायित भएतापनि उनको बुवा, थाप्ले (दावा तामाङ)ले उनलाई छिमेकका छोरीहरूलाई जस्तै विदेश जान विवश पार्छन् ।
त्यहाँका केटाहरू धेरै स्वतन्त्र देखिन्छन् । उनीहरू प्रायः जुवातास खेल्न र दादागिरीमा सम्मिलित हुन्छन् । अभिभावकहरू छोरीहरूको शिक्षा र सामाजिक कृयाकलापलाई भन्दा कमाईलाई प्राथमिकता दिन्छन् । उनीहरू आफ्नो सामाजिक नियम कानुनअनुसार परम्परालाई जोगाउन आफ्नै भान्जाभान्जीलाई ज्वाईँ बुहारी बनाउने गर्छन् । त्यसैले त उनीहरूलाई रोकी राख्न उमेर नपुग्दै स्ह्याल्गार लाने गर्दछ । यो नै यस चलचित्रको मुख्य कथावस्तु हो ।
यस चलचित्रले मानव जातिलाई एकताको पाठ सिकाउँछ, जसले गर्दा चलचित्रको सुखद् समापन हुन्छ । जहाँ सबैजना आफ्ना अनैतिक कार्य छाडेर समाजको उन्नतिमा योगदान दिने बाचा गर्दछन ।
यस चलचित्रको तत्वहरुको आधारमा विश्लेषण गर्ने हो भने निर्देशक, रोशन फ्युबाले सिन्धुपाल्चोकको एक दुर्गम गाउँ जहा यातायात र चलचित्र छायाङ्कनका लागि आधारभूत आवश्यकताहरूको अभावमा पनि तत्वहरूको राम्रो संयोजन गर्न खोजिएको छ । सुरुवात धेरै स्पष्ट छ जहाँ कुनै पनि कलाकारको नाम र भूमिकालाई बिर्सिएको छैन । चलचित्रका विविध मोडमा प्रयुक्त कठिन परिस्थितिहरूले दर्शकलाई के पछि कस्तो विषयवस्तु आउँछ र कसरी समाधान गर्छ भन्ने कुराले उच्चतम विन्दु (घर जलाउने) सम्म सोच्न बाध्य गराउँछ । तर त्यसपछि घर जलाउने जस्ता जघन्य अपराधको प्रायश्चितले स्ह्यालगर चलचित्रमा कुनै हत्या र हिंसाविना नै समाधानको बाटो अपनाएको छ ।
अन्त्यमा एकता नै सबैभन्दा ठूलो बल हो र विश्वमाझ महिला वर्गको पनि समाज र परिवारलाई व्यवस्थापन गर्ने क्षमता हुन्छ भन्ने पाठ सिकाउन खोजिएको छ ।
यस चलचित्रमा कलाकारहरू चाहे निर्माणात्मक वा ध्वंसात्मक सबै एकल भूभिकामा बाँधिएको छ । भाषागत क्षेत्रमा छाडा र गालीहरूभन्दा शालीन भाषालाई प्राथमिकता दिइएको छ । चलचित्रले शिक्षा र महिलाको भूमिकालाई समाज सुधार गर्ने उच्चतम अङ्गको रूपमा लिइएको छ । जस्तै निमा (ङिमा छिरिङ) र उसको बुवा (फुर सिंघी तामाङ) ले छोपलाई अनैतिक क्रियाकलापहरू छोडी सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा दिइएको छ र बाटुली, साङ्रे र सुनिका विदेश गई धन कमाई समाज निर्माणमा योगदान दिन खोजिएको छ ।
- See more at: http://www.chhargongma.com/?p=1349#sthash.eAr5oaCO.dpuf

Attachments#
No files