Next »
« Previous

नयाँ दिल्लिमा तमाङ चल्चित्र श्यल्गर्


 नयाँ दिल्लिमा तमाङ चल्चित्र श्यल्गर् 
नेपाल तमाङ घेदुङ नया दिल्ली ले आयोजना गर्ने नयाँ बर्ष तथा तमाङ सन्स्कृतिक कार्यक्रम january 6th मा तमाङ चल्चित्र श्याल्गर को बिशेष प्रदर्शन गरिने भएको छ । कार्यक्रम्को प्रमुख अतिथी भारत का लागि नेपालका महामहिम राज्दुत श्री कृष्ण प्रशाद ढकाल ले गर्नुहुने छ ।  तमाङ सन्स्क्रिती मा आधारीत यस् चल्चित्रलाई छार् माया तमाङ ले निर्माण गरेकी हुन र रोशन फ्युबा ले लेखन निर्देशान् गरेको हो । 
  चलचित्रको मुख्य कथाबस्तु यसप्रकार रहेको छ ।
‘स्ह्यालगर’ चलचित्र सिन्धुपाल्चोक जिल्लाको भोताङ गाविसमा विद्यमान तामाङ संस्कृति, रीतिरिवाज, भेषभूषा, आर्थिक अवस्था, प्राकृतिक दृष्यहरूबाट सुरु हुन्छ । विशेष गरि यो चलचित्रले चेलीबेटीहरुको अवस्थाः विभेदीकरण, शिक्षाप्रतिको बेवास्ता र थुप्रै थुप्रै ………। एकजना चेली, बाटुली (छारमाया तामाङ) उच्च शिक्षा हासिल गर्न लालायित भएतापनि उनको बुवा, थाप्ले (दावा तामाङ)ले उनलाई छिमेकका छोरीहरूलाई जस्तै विदेश जान विवश पार्छन् ।
त्यहाँका केटाहरू धेरै स्वतन्त्र देखिन्छन् । उनीहरू प्रायः जुवातास खेल्न र दादागिरीमा सम्मिलित हुन्छन् । अभिभावकहरू छोरीहरूको शिक्षा र सामाजिक कृयाकलापलाई भन्दा कमाईलाई प्राथमिकता दिन्छन् । उनीहरू आफ्नो सामाजिक नियम कानुनअनुसार परम्परालाई जोगाउन आफ्नै भान्जाभान्जीलाई ज्वाईँ बुहारी बनाउने गर्छन् । त्यसैले त उनीहरूलाई रोकी राख्न उमेर नपुग्दै स्ह्याल्गार लाने गर्दछ । यो नै यस चलचित्रको मुख्य कथावस्तु हो ।
यस चलचित्रले मानव जातिलाई एकताको पाठ सिकाउँछ, जसले गर्दा चलचित्रको सुखद् समापन हुन्छ । जहाँ सबैजना आफ्ना अनैतिक कार्य छाडेर समाजको उन्नतिमा योगदान दिने बाचा गर्दछन ।
यस चलचित्रको तत्वहरुको आधारमा विश्लेषण गर्ने हो भने निर्देशक, रोशन फ्युबाले सिन्धुपाल्चोकको एक दुर्गम गाउँ जहा यातायात र चलचित्र छायाङ्कनका लागि आधारभूत आवश्यकताहरूको अभावमा पनि तत्वहरूको राम्रो संयोजन गर्न खोजिएको छ । सुरुवात धेरै स्पष्ट छ जहाँ कुनै पनि कलाकारको नाम र भूमिकालाई बिर्सिएको छैन । चलचित्रका विविध मोडमा प्रयुक्त कठिन परिस्थितिहरूले दर्शकलाई के पछि कस्तो विषयवस्तु आउँछ र कसरी समाधान गर्छ भन्ने कुराले उच्चतम विन्दु (घर जलाउने) सम्म सोच्न बाध्य गराउँछ । तर त्यसपछि घर जलाउने जस्ता जघन्य अपराधको प्रायश्चितले स्ह्यालगर चलचित्रमा कुनै हत्या र हिंसाविना नै समाधानको बाटो अपनाएको छ ।
अन्त्यमा एकता नै सबैभन्दा ठूलो बल हो र विश्वमाझ महिला वर्गको पनि समाज र परिवारलाई व्यवस्थापन गर्ने क्षमता हुन्छ भन्ने पाठ सिकाउन खोजिएको छ ।
यस चलचित्रमा कलाकारहरू चाहे निर्माणात्मक वा ध्वंसात्मक सबै एकल भूभिकामा बाँधिएको छ । भाषागत क्षेत्रमा छाडा र गालीहरूभन्दा शालीन भाषालाई प्राथमिकता दिइएको छ । चलचित्रले शिक्षा र महिलाको भूमिकालाई समाज सुधार गर्ने उच्चतम अङ्गको रूपमा लिइएको छ । जस्तै निमा (ङिमा छिरिङ) र उसको बुवा (फुर सिंघी तामाङ) ले छोपलाई अनैतिक क्रियाकलापहरू छोडी सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा दिइएको छ र बाटुली, साङ्रे र सुनिका विदेश गई धन कमाई समाज निर्माणमा योगदान दिन खोजिएको छ ।

Attachments#
No files