जिग्मे छ्योकि घिसिङको “आई देउन” म्युजिक भिडियो सार्वजनिक
काठमाडाँै । नेपाली गीत संगीतमा लोकप्रिय चर्चित गायिका जिग्मे छ्योकि घिसिङ को सुमधुर अवाजमा सजिएको आई देउन म्युजिक भिडियो सार्वजनिक भएको छ । ल्हापसङकर्पो म्युजिक सेन्टरले निर्माण गरेको म्युजिक भिडियो LMC Digital Media युट्युब च्यानल मार्फत यहि मंसिर १२ गते सार्वजनिक भएको हो । आईदेउन गीतको शब्द / संगीत रोशन फ्युवाको र संगीत संयोजन वङच्यु फ्युवाको रहेको छ ।

प्राकृतिक दृस्यले सम्पन्न तथा धार्मिक महत्व बोकेको रासुवा जिल्लाको नागथली सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने छायांकन उमेश शाहले गरेका छन् र कलाकारहरु रामेश तामाङ र रन्जिता तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् ।
यस म्युजिक भिडियोमा अदृश्य प्रेम भावलाई प्रस्तुत गरिएको छ । सपना को मध्यमबाट अदृश्य पे्रमको वास्तविक दृश्य पत्ता लगउन सफल बनाएको दृश्यहरुले भिडियोलाई चकित बनाएको छ ।
वरपरका सेताम्मे हासी रहेका हिमाल र पहाडहरु संगै शन्तिपुर्ण दृश्यहरुले भिडियोलाई सुन्दर ,आनन्दित र भावनात्मक बनाएको छ । साथै भिडियोमा केरुङ वरपरका केहि भुगोल र बास्ती हरु समेत देख्न सकिन्छ ।
भिडियो LMC Digital Media युट्युब च्यानलमा रहेको छ ।