रिलिजको अन्तिम तयारीमा नीरफूल

काठमाडौं । नेपाली कथानक चलचित नीरफूल यहि जेष्ठ २६ देखि रिलिज हुनेभएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफूल’ रिलिजका लागि अन्तिम तयारीमा रहेको निर्माता टिमले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

नेपाल टेलिभिजनका महाप्रवन्धक एवं तीन दशक लामो समयदेखि पत्रकारीता र साहित्यमा सक्रिय फूलमान वलद्वारा निर्देशित चलचित्र नीरफूल २०७२ सालको महाभुकम्पको कथा वस्तुलाई समेटेर तयार पारेको हो । नीरफूलको ट्रेलरमा पनि वैदेशिक रोजगारी र महाभुकम्पको महाविपत्तिले रुवीभ्यालीको एउटा गाउँको परिवार नै उजाडिएको दृष्य ट्रेलर मार्फत देख्न सकिन्छ । त्यस्का साथै, नीरफूलको कथावस्तुमा मुलुकमा व्याप्त भ्रष्ट्राचार र बेथितिलाई पनि उजागर गर्न खोजिएको नितान्त पारिवारिक फिल्म बनेको निर्माता टिमको दावी छ ।

महाभुकम्पमा परी रुविभ्यालीमा विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका हरेक सघर्षको कथा वस्तुमा आधारित चलचित्रमा अभिनेता दयाह्याङ राई, बुद्धि तामाङ, अभिनेत्री रेखा थापा र शान्ति वाइवालाई मुख्य भूमिकामा देख्न सकिन्छ । रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको उक्त चलचित्रमा अन्य कलाकारहरु पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानसराज र रोशन फ्युवाको विशेष भूमिका छ । समय परिस्थिति र नितान्त पारिवारिक कथा वस्तुमा आधारित फिल्म रहेको अभिनेत्री शान्ति वाइवाको दावी छ ।

By | 2023-05-28T13:25:30+00:00 May 28th, 2023|समाचार|