ने–पेमाछल पर्यटकहरूको लागि नयाँ गन्तव्य

ने-पेमाछल
वरिपरी रुखले घेरेको सुन्दर चौर ने–पेमाछल पर्यटकहरूको लागि नयाँ गन्तव्य हो । जुगल हिमश्रृङ्खलाहरु मध्य देवता मानेर पुजा गर्ने फुर्बाज्यख्युङ हिमालको काखैमा भएकोले ने पेमाछलको बढी नै महत्व छ । समुन्द्री सतहदेखि ३५ सय मिटरको उचाइमा रहेको ने-पेमाछल प्राकृतिक सौन्दर्यका हिसाबले संसारकै उत्कृष्ट १० तपोभुमीहरु मध्य पहिलो हो भनी गुरु पद्म सम्भवका यात्रा बृतान्तहरुमा उल्लेख गरेको पाइन्छ । आठौ शताब्दीमा महान गुरु पद्म सम्भवले ध्यान बस्नुभएको हुनाले ने-पेमाछललाई पवित्र धार्मिक स्थलको रुपमा मान्ने गरिन्छ ।

ने–पेमाछल पुग्नको लागि काठमाडौँ बाट पहिलो दिन बलेफी, ढाँडे, गम्बा हँदै ११७ किलोमिटर मोटर बाटो क्यङ्सिङ सम्म र दोस्रो दिन पैदल यात्रामा क्याङ्सिङ गाउँबाट नेसम खोला, तेम्बाथाङ हँुदै दिपु गाउँ सम्म, तेस्रो दिन दिपु, छेन्दाङ, तोङ्स्युप गफा हँदै ने–पेमाछल पुग्न सकिन्छ । ने–पेमाछलमा खान र बस्नको ब्यवस्था छ । जाने बेला तेम्बाथाङ बाट नै होटलहरु संग समन्वय गरेर जादा उत्तम हुन्छ । त्यसको लागि गुगल म्यापमा ने–पेमाछल होटल खोज गरी सम्पर्क नम्बर पाउन सकिन्छ । ने–पेमाछल बाट २–३ घण्टाको उकालो यात्रा पछि बुम्बसेर्पु र ग्यप खर्क पुग्न सकिन्छ । जहाँबाट जुगल हिमालका हिम चुचुराहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

 

अहिले पनि यस क्षेत्रको पवद्र्धनको लागि  जुगल गाउँपालिकाले बिभिन्न धार्मिक तथा पर्यटन सम्बन्धी कार्यक्रमहरुको आयोजना गर्दै आईरहेका छन् ।
यस क्षेत्रबाट नेपालकै पहिलो भियाफराता बाटो हुँदै जुगल हिमालको आरोहण गर्न सकिन्छ । जुगलका ५ ओटा हिम चुचुराहरु आरोहनको लागि सरकारले निशुल्क अनुमती प्रदान गरेका छन् ।
राजधानी काठमाडौंबाट नजिकै पर्ने ग्याल्जेन पिक, दोर्जे लाक्पा, लेम्पु गाङ, गुरु कर्पाे री, फुर्वा ज्यख्युङ, जुगल याङ्री, उर्केन माङ, लेम्पु गङ, लाङ्सिसा री, जुगल १, जुगल २, जुगल ३, जुगल ४, जुगल ५ आदि जुगल हिमश्रृंखलाका १४ वटै चुचुरामा आरोहण गर्न सरकारले अनुमती प्रदान गरेको छ ।

VIDEO

 

By | 2023-05-31T18:39:51+00:00 May 31st, 2023|अन्तर्वार्ता, चलचित्र खबर|