कालो दह र सेतो दहमा १४ गते भब्य मेला आयोजना हुने

धादिङ जिल्लाकै सुन्दर पर्यटकिय गन्तब्य हो रुबी भ्याली । गणेश हिमाल, प्याल्दोर पिक, पाङसाङ पास, ल्हरी, गणेश कुण्ड, सिङ्ल्हा क्षेत्र, रुबी खानी, जस्ता खानी, तातो पानी, कालो दह, सेतो दह आदि रुबि भ्याली गाउँपालिका को मुख्य ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरु हुन । यि अत्यन्त सुन्दर अनि महत्वपूर्ण स्थलहरुको उचित प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । ओझेलमा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले धार्मिक आस्थाका केन्द्र ४२०० मिटर उचाईमा रहेको कालो दहसेतो दहमा यही भदौ १४ गते भदौ पुर्णिमाको दिन भब्य मेला आयोजना हुने भएको छ । मेला रुबी भ्यली गाउँपालिका वडा न १ ले आयोजना गर्ने भएको हो ।  ईच्छुक ब्याक्तीहरुलाई मेलामा सहभागी जनाउन रुबी भ्यली गाउँपालिका वडा न १ का वडा अध्यक्ष पम्बर तामाङले अनुरोध गर्नुभएको छ । कार्यक्रममा तिप्लिङ लिङ्चोका झाँक्रीहरु सहित स्थानिय जनसमूदायको सहभागी रहने र ईच्छुक सबै जाना मेलामा सहभागी हुन सकिनेछ । मेला अवधि भरी खाने ब्यवस्था वडा कार्यालयले गर्ने र ओड्ने, ओछ्याउने आफै मिलाउनु पर्ने जानकारी वडा अध्यक्ष पम्बर तामाङले दिनुभएको छ ।


कार्यक्रमको तालिका

मिति २०८०/५/१२ गते मंगलबार लिङजो देखि पुसुवला
मिति २०८०/५/१३ गते बुधबार पुसुवला देखि क्षराचो
मिति २०८०/५/१४ गते बिहिबार क्षराचो देखि कालो दह
मिति २०८०/५/१५ गते शुक्रबार कालो दह देखि क्षराचो
मिति २०८०/५/१६ गते शनिबार क्षराचो देखि लिङजो

ईच्छुक महानुभावहरु भदौ ११ गते सम्ममा रुबी भ्याली १, लिङ्जो आईपुग्नु पर्नेछ ।

VIDEO KALO DAHA