याम्मैले म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । निमा पाख्रिन र लामु शेर्पा को सुमदुर अवाजमा सजिएको हिमाली भेगको शेर्पा तथा तामाङ समुदायमा प्रचालित स्याबु्र गीत ‘याम्मैले होइ याम्मैले’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भिडियोले हिमाली लोक संस्कृति र आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । (निमा पाख्रिन लामा) युट्युब च्यानलमार्फत यहि शुक्रबार सार्वजनिक गरिएको हो । याम्मैले होइ याम्मैले गीतको शब्द रचना पृथ्वी लामाले र संगीत निमा पाख्रिन लामा स्वयमको रहेको छ ।

रसुवा जिल्लाको प्राकृतिक मनोरम दृश्य सहित रोमाञ्चक अभिनयमा बनेको म्युजिक भिडियोले दर्शकको मन जित्नेमा कुनै दुई मत छैन । भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने छयाङ्कन उमेश शाहले गरेका छन् । यसमा प्रतीक ङेश्युर र रन्जिता तामाङले नाटकीय अभिनयको साथै नृत्य प्रस्तुत गरेका छन् भने खलनायक को रुपमा सोनम तामाङ रहेका छन् । कोरियोग्राफीमा प्रतीक ङेश्युर स्वयम हिरो आफैले गरेका छन् । म्युजिक भिडियो हेर्दा सिनेमा हेरेको अनुभव हुन्छ ।

रसुवा जिल्लाको आमाछोदिङ्मो, पार्बती कुण्ड, लाङटाङ हिमाल र चिज फ्याक्ट्रि वरिपरिका हिमाली भू–दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । प्राकृतिक ,भौगोलिक धार्मिक र साँस्कृतिक रुपले भरिपूर्ण विशेष महत्व भएको यस स्थानको छयाङ्कानले भिडियो लाई जीवन्त बनाएका छन् ।

‘याम्मैले होइ याम्मैले’ को म्युजिक भिडियो युट्युबमा उपलब्ध छ । भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ः