काठमाडौँ । चार्चित म्हेन्दोमाया गयक हेम वाइबा र गयिका निर्माला घिसिङको सुमधुर अवाजमा सजिएको मौलिक तामाङ भाषाको म्हेन्दोमाया गीत ‘बेङ्गुलुकी जाङ’ गीत को म्युजिक भिडियो सार्वजानिक भएको छ । हेम वाइबा को आफ्नै युट्युब च्यानलमार्फत चैत्र ३० गते शनिबार सार्वजनिक भएको छ । बेङगुलुकी जाङ गीतको शब्द रचना अमृत थोकर र संगीत हेम वाइबा स्वयंको रहेको छ । यो भिडियोले लोक संस्कृति र आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।
रसुवा जिल्लाको प्राकृतिक, भौगोलिक ,संस्कृतिक र ऐतिहासिक मनोरम दृश्यले सुसज्जित गत्लाङ गाउँमा छायांकन गरिएको म्युजिक भिडियोले दर्शकको मन जित्नेमा कुनै दुई मत छैन । भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने छयाङ्कन उमेश शाहले गरेका छन् । सोनम तामाङ र रन्जिता तामाङले नाटकीय अभिनयको साथै नृत्य प्रस्तुत गरेका छन् । प्रतीक ङेश्युरको नृत्य निर्देशनमा बनेको म्युजिक भिडियो हेर्दा मौलिकपन झल्किन्छ ।
रसुवा जिल्लाको ऐतिहासिक ठाउँ गत्लाङ पार्बती कुण्ड, लाङटाङ हिमाल वरिपरिका हिमाली भू–दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । प्राकृतिक भौगोलिक धार्मिक र साँस्कृतिक रुपले भरिपूर्ण विशेष महत्व भएको यस स्थानको छयाङ्कानले भिडियो लाई जीवन्त बनाएका छन् ।
हेम वाईबा म्हेन्दोमाया तथा नेपाली गीत संगीत क्षेत्रको बरिष्ठ गायक हुन् । हेम वाईबाकै सकृयतामा पहिलो पटक म्हेन्दोमाया एल्बम म्हेन्दोमाया बजारमा ल्याएको थियो । हेम वाईबाको म्हेन्दोमाया, काप्चाङ, ल्हाल्हुङ, क्येका, जस्ता म्हेन्दोमाया गीती एल्बमहरु लोकप्रीय छन्।
बेङगुलुकीे जाङ
म्युजिक भिडियो युट्युबमा उपलब्ध छ । भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ः