काठमाडौँ ।
चार्चित बारिष्ठ गायक हेम वाइबा र गायिका सानु माया तामाङ को अवाजमा सजिएको तामाङ म्हेन्दो माया गीत ‘मकर पोच्चोरी’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
गायक हेम वाइबाको युट्युब च्यानलमार्फत जेठ २३ गते शुक्रबार सार्वजनिक गरिएको (मकर पोच्चोरी) गीतको शब्द रचना लाल तामाङको र संगीत गायक स्वयम हेम वाइबाको रहेको छ । यो भिडियोले म्हेन्दोमाया गीत सङ्गीतको मौलिकपन लार्ई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । छोटो समयमा नै यस गीतले युट्युब र टिकटकमा निकैनै लोकप्रियता कमाएको छ ।
धादिङ जिल्ला र नुवाकोट जिल्लाको (त्रिशुली) सेरो फेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने छयाङ्कन उमेश शहाले गरेका छन् । नायक सोनम तामाङ र रन्जिता तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । प्रतीक ङेश्युरको नृत्य निर्देशनमा बानेको म्युजिक भिडियो हेर्दा परदेश र घरदेश मा रहेकोे अपरिचित दुई युवा युवाती बिचको माया पे्रमका भवानाहरु झल्किएको देखिन्छ ।
भिडियोको सुरुवातमै केटा कतार बाट फर्केको र त्रिशुली बजारमा आफ्नो गाउँकोयुवाती लाई भेट्दा मख्खा भई सँगै गाउँ फार्केको र गाडिमा यात्रा गर्ने क्रममा ति युवातीले आफु खुसी भई नृत्यकोे काल्पना गरेको दृश्य देख्न सकिन्छ । यस भिडियोमा आफ्नो गाउँ घर, पारम्परा, संस्कार संस्कृतीप्रतिको माया र केटाले केटीलाई पे्रम प्रस्ताव गरेको रोमान्चक दृश्यहरुले भिडियोलाई मानोरन्चनात्मक बनाएको छ । यस भिडियोले दर्शकको मन जित्नेमा निर्माणपक्ष विश्वस्त छन् ।
“मकर पोच्चोरी”
म्युजिक भिडियो युट्युबमा उपलब्ध छ । भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ः