सेम्जोङ नाम्सारी” को म्युजिक भिडियो सार्वजनिक

गायक कमल तामाङ र गायिका लक्ष्मि स्याङ्तान को सुमधुर आवाजमा सजिएको म्हेन्दोमाया गीत सेम्जोङ नाम्सारी को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल तामाङको युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोमा मोडल रन्जिता तामाङ र नायक सोनाम तामाङको अभिनय रहेको छ । रन्जिता र सोनामको सहकार्यमा बेङ्गुलुकी जाङ, स्वाङ थसेङो १ र २ र खुसी चर्चित छन् । सोनाम तामाङ चलचित्र टु बाट नायकको रुपमा कलाकारितामा प्रबेश गरेका हुन । रन्जिताको २ दर्जन म्युजिक भिडियो लोकप्रीय छन् ।

यस सेम्जोङ नम्सरी गीतको शब्द र लय गायक कमल वाईबा स्वयंले सिर्जना गरेका हुन । संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका हुन् । सेम्जोङ को रमणीय गाउँ बस्तीहरु र सेतो गुराँस फुलेका दृश्यहरुले भिडियोलाई सुन्दर बनाएको छ । भिडियोको निर्देशन र सम्पादन रोशन फ्युवाले, छायाँकन बिनोद लामा र उमेश शाहले गरेका हुन , भने नृत्य निर्देशन प्रतिक ङेस्युरको रहेको छ । मौलिक भेषभुषामा तयार पारिएको भिडियोलाई सबैले मन पराउनेमा निर्माण पक्ष बिश्वस्त छ ।

VIDEO :