काठमाडौँ । चार्चित गयिका जिग्मे छ्योकि घिसिङको सुमधुर अवाजमा सजिएको नेपाली आधुनिक गीत ‘मेरो माया’ गीत को म्युजिक भिडियो सार्वजानिक भएको छ । ङिमा पाख्रिनको युट्युब च्यानलमार्फत जेठ १६ गते शुक्रबार सार्वजनिक गरिएको हो । (मेरो माया) गीतको शब्द रचना ङिमा पख्रिनको र संगीत पदम थापा मागरको रहेको छ । यो भिडियोले आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।
रसुवा जिल्लाको प्राकृतिक, भौगोलिक र ऐतिहासिक मनोरम दृश्यले सुसज्जित पार्वती कुण्डमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने छयाङ्कन विनोद लामाले गरेका छन् । राम तामाङ र लक्ष्मन तामाङ दुई जुम्ल्यहा दाजु भाई साथै रन्जिता तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । प्रतीक ङेश्युरको नृत्य निर्देशनमा बनेको म्युजिक भिडियो हेर्दा लामो दुरीमा रहेको पे्रमी पे्रमिकाको माया पे्रम र भवानाहरु झल्किएको देखिन्छ ।
भिडियोको सुरुवातमै केटा लण्डनमा रहेको र आफ्नो पे्रमिका लाई फोन मार्फत चाँडै आउने कुरा गर्दा केटी फुरुङ्ङ भएर नाचेको दृश्य देख्न सकिन्छ । यस भिडियोमा दुरी जतिनै टाढा भएपनि माया, विश्वास र धैर्यताले पे्रमे सम्बन्धलाई प्रगाढ बनाउछ भन्ने सन्देश छ । यस भिडियोले दर्शकको मन जित्नेमा निर्माणपक्ष विश्वस्त छन् ।
“मेरो माया”
म्युजिक भिडियो युट्युबमा उपलब्ध छ । भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ः