गायिका निर्माला घिसिङको “जालमाया” म्युजिक भिडियो
काठमाडाँै । तामाङ गीत संगीतमा लोकप्र्रिय चर्चित गयिका निर्माला घिसिङ र गायक रमण थामिको सुमधुर आवजमा सजिएको “जालमाया” गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । निर्माला घिसिङको आफ्नै युट्युब च्यानल मार्फत असार ९ गते सार्वजनिक भएको हो । (जालमाया) गीतको शब्द रचना सन्तलाल घिसिङ र संगीत संयोजन कुबेर दोङ ले गरेका हुन । यस गीत २०६० सालमा स्व. गायिका योगिता मोक्तान र गायक अमृत लामाको स्वर मा रेकार्ड गरिएको थियो । “जालमाया” को नयाँ संस्कारणलाई भने पवन वाङले संङगीत संयोजन गरेका छन् । छोटो समायमानै यस गीतले युट्युबमा एक लाख भ्युज तथा दर्शक स्रोतको माया पाउन साफल भएको छ ।
रासुवा जिल्लाको पार्वती कुण्ड सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् । भने छायांकन विनोद लामाले गरेका छन् । नायक सोनम तामाङ र रन्जिता तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन प्रतीक ङेश्युरले गरेका हुन् । पार्वती कुण्डको रमणीय ठाउँहरु अग्ला अग्ला पहाडहरु , सेतो गुराँस र चिमल लगायतका फुलहरुको दृश्य र चोखो माया पे्रमको भाव र प्रेमिल जोडिको दृश्यहरुले भिडियोलाई सुन्दर र आनन्दित बनाएको छ ।
मौलिक भेषभुषामा तयार पारिएको भिडियोलाई धेरैले मन पराएका छन् ।
भिडियो गायिका (निर्माला घिसिङ) को आफ्नै युट्युब च्यानलमा रहेको छ ।
VIDEO: