मेलिना राई र रमेश गोम्जाको “सोल्टिनी” सार्वजनिक
काठमाडाँै । म्हेन्दोमाया गीत म्हेन्दोमायाई नाम्स,स्वयम्भु बौद्व ,ल्होछार खमम जस्ता थुप्रै लोकप्र्रिय गीत संगीतमा चार्चित गायक रमेश गोम्जा र दर्शकमाझ लोकप्रिय अति व्यस्ता गायिका मेलिना राईको सुमधुर आवजमा सजिएको तामाङ र राई को पे्रम कथामा आधारित रहेको “सोल्टिनी ” गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । रमेश गोम्जाको आफ्नै युट्युब च्यानल मार्फत असार २० गते शुक्रबार सार्वजनिक भएको हो । (सोल्टिनी) गीतको शब्द संगीत असुसेन लामा र संगीत संयोजन बाबु प्रधान को रहेको छ । छोटो समायमानै यस गीतले युट्युबमा १००००० (एक लाख) भ्युज तथा दर्शक स्रोताको माया पाउन साफल भएको छ ।
धार्मिक तथा पर्याटकिय महत्व बोकेको रासुवा जिल्लाको नगथाली सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् । भने छायांकन उमेश शाहले गरेका छन् । प्रतीक ङेश्युर र रन्जिता तामाङले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन स्वायं प्रतीक ङेश्युरले गरेका छन् । नगथाली को रामाणीय दृश्यहरु वरिपरि हिमालै हिमालले घेरेको र बिच भागमा रङगी चङगी , फुलेका फुलहरुको दृश्य, याक चौरीहरुको हुलहरु अनि (कर्साङ) घोडाको अभिनाय साथै तामाङ र राईनीको जम्काभेट ,अकार्षण र नृत्यले भिडियोलाई सुन्दर ,मनमोहक र रोमन्चक बनाएको छ ।
मौलिक भेषभुषामा तयार पारिएको भिडियोलाई सबैले मन पराएको छ ।
भिडियो गायक (रमेश गोम्जा) को आफ्नै युट्युब च्यानलमा रहेको छ ।
VIDEO