वला फुर्काचे वर्षकै सर्वाधिक लोकप्रीय म्हेन्दोमाया गीत
काठमाडाँै । राजधानीको पश्चिमी भेगमा बसोबास गर्ने तामाङ समुदायमा प्रचलित भाका हो म्हेन्दोमाया । अहिले म्हेन्दोमायाले देश देखि विदेश सम्म तामाङहरुको मन जित्न सफल भएको छ । युरोप, अमेरिका , अष्ट्रेलिया ,दुवै, कतार लगायत विश्व भरिनै तामाङहरुको सभा सम्मेलन ,ल्होछार मेलाहरुमा म्हेन्दोमाया गीतले स्थान पाइरहेको छ । यसको श्रेय म्हेन्दोमायामा दिन रात लागि पर्ने कलाकारहरुलाई जान्छ । हरेक बर्ष नयाँ नयाँ म्हेन्दोमाया गीत सर्जकहरुले बिभिन्न माध्यमहरु मार्फत सार्वजनिक गरीरहेका छन् । यही क्रममा यो बर्ष सर्वाधिक लोकप्रीय कमाएको म्हेन्दोमाया गीत वला फुर्काचेले म्हेन्दोमालाई थप उचाई प्रदान गरेको छ । थुप्रै गीत संगीतमा लोकप्रीय चर्चित गायक कुमार योञ्जन र दर्शकमाझ चर्चित म्हेन्दोमायाकी स्वर किन्नरी गायिका रामला पाख्रिनको सुमधुर आवजमा सजिएको मौलिक तामाङ भाषाको “वला फुर्काचे” गीतको म्युजिक भिडियो यो समाचार तयार पार्ने बेला सम्ममा युट्युबमा ६०००००(छ लाख) भन्दा बढी पटक हेरिएको छ । कुमार योञ्जनको आफ्नै युट्युब च्यानल मार्फत २०८१ मंसिर ४, गते सार्वजनिक गरिएको थियो । (वला फुर्काचे) गीतको शब्द रचना र संगीत रोशन फ्युवा तामाङले गरेका हुन भने संगीत संयोजन गायक कुमार योञ्जनले गरेका हुन् । छोटो समयमानै यस गीतले टिकटक लगायत सामाजिक सञ्जालहरुमा बढी प्रयोग भएको पाईन्छ । अरु गीतको तुलनामा यो बर्ष वला फुर्काचे गीतले दर्शक स्रोतामाझ बढी नै लोकप्रीयता कमाउन र अत्याधिक माया पाउन साफल भएको छ ।
यो एउटा गीत मात्र नभएर तामाङहरुको पहिचान झाल्किने उत्कृष्ट प्रस्तुती रहेको छ । धार्मिक तथा पर्याटकिय महत्व बोकेको नुवाकोट जिल्लाको (त्रिशुली र किस्पाङ गाउपाँलिका) सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन र सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् भने छायांकन रोनिस लामाले गरेका छन् र कलाकारहरु कुमार योञ्जन, मनु तामाङ, रन्जिता तामाङ र रमेश तामाङ ले नाटकीय अभिनय र नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन सिङग बहादुर तामाङले गरेका छन् । किस्पाङको रामाणीय दृश्यहरु गुरु रिम्पोछेको अकार्षक मुर्ती ,बौद्व बिहारहरु र तामाङ बास्तीहरु साथै मौलिक भेषभुषा विशेष गरि (वला फुर्का) ले भिडियोलाई अकार्षक बनाएको छ । त्यसैगरी बालपनको माया बर्षौ पछि भेट हुदा एक अर्काको प्रेमिल भावले भिडियोलाई रोमान्चक ,अकार्षण र जीवन्त बनाएको छ । यस गीत सार्वजनिक भए पछि वला फुर्का (स्थानीय आमाहरुले बुन्ने मौलिक पहिरन) को माग बढे संगै आमा दिदि बहिनीहरु तामाङ मौलिक पहिरन बुन्न ब्यस्त भएका छन् ।
भिडियो गायक (कुमार योञ्जान) को आफ्नै युट्युब च्यानलमा हेर्न सकिनेछ ।
VIDEO: