बुक फ्रि फ्राइडे कार्यक्रममा काठमाडौंका विद्यार्थीहरु उत्साहित
काठमाडौं । ‘ज्ञान, सिप र क्षमता बढाउन किताबको भारी बोकेर विद्यालय जानु पर्दैन,’ काठमाडौं महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना धारणा यसरी सुनाउन थालेका छन् । महानगरले हरेक शुक्रबारलाई बुक फ्रि फ्राइडेका रुपमा क्रियाकलाप गराउने कार्यक्रम थालनी गरेपछिको १ महिनामा विद्यार्थीहरुले यसबाट प्राप्त लाभका विषयमा अनुभव सुनाउन थालेका हुन् । कार्यक्रम सञ्चालनको प्रभावकारिता अनुगमन गर्न