बुक फ्रि फ्राइडे कार्यक्रममा काठमाडौंका विद्यार्थीहरु उत्साहित

काठमाडौं । ‘ज्ञान, सिप र क्षमता बढाउन किताबको भारी बोकेर विद्यालय जानु पर्दैन,’ काठमाडौं महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना धारणा यसरी सुनाउन थालेका छन् । महानगरले हरेक शुक्रबारलाई बुक फ्रि फ्राइडेका रुपमा क्रियाकलाप गराउने कार्यक्रम थालनी गरेपछिको १ महिनामा विद्यार्थीहरुले यसबाट प्राप्त लाभका विषयमा अनुभव सुनाउन थालेका हुन् ।

कार्यक्रम सञ्चालनको प्रभावकारिता अनुगमन गर्न महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० आफैँ विद्यालयहरुमा पुग्ने गरेका छन्। हरेक हप्ता उनी कुनै न कुनै विद्यालयमा पुग्छन्। प्रमुखसँगै शिक्षा सल्लाहकार, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु पनि विद्यालयको अनुगमनमा जाने गरेका छन्।

By | 2023-05-29T07:13:41+00:00 May 29th, 2023|प्रदेश समाचार|