खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

खनियाबास गाउँपालिकाको खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा वडा नं ४ दार्खा स्थित खनियावास ग्रामिण अस्पतालमा शिविर हुने भएको हो ।

जेठ १३ गते शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने शिविरमा ग्याष्ट्रिक, बाथरोग, स्त्रीरोग, बालरोग, मधुमेह, पिनास, पाइल्स, छालारोग साथै अन्य रोगहरुको परिक्षण गरिने आयोजकले जनाएको छ ।

निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुने भएकोले सम्पुर्ण महानुहरुले शिविरबाट उपचार सेवा लिई स्वास्थ्य लाभ प्राप्त गर्नुहुन आयोजकले अनुरोध गरेको छ ।

By | 2023-05-28T13:34:23+00:00 May 28th, 2023|समाचार|