विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन् ।

‘प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राद्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

By | 2023-05-28T13:35:52+00:00 May 28th, 2023|समाचार|