ट्विटरमा फर्कियो चरो!

ट्विटरको लोगोमा फेरि निलो चरो फर्किएको छ।

गएको सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर (Doge) देखिएको थियो जुन ट्विटरले सार्वजनिक रूपमा आफ्नो लोगो फेरिएकोबारे कुनै पनि आधिकारिक जानकारी दिएको थिएन।

ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए।

मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए। ट्विटरमा क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको लोगो प्रयोग भए पछि उक्त क्रिप्टोकरेन्सीको मूल्यमा वृधि भएको थियो।

शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन। ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्। अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन।

By | 2023-05-29T07:55:43+00:00 May 29th, 2023|विज्ञान – प्रबिधि खबर|