फेसबुकमाथि युरोपमा पौने २ खर्ब जरिवाना

१४ जेठ, काठमाडौं। सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटामाथि युरोपेली युनियनको गोपनियता नियामकले करिब पौने २ खर्ब रुपैयाँ अर्थात् १ अर्ब ३० करोड डलर जरिवाना गरेको छ ।

अन्य देशका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताका डाटाहरु अमेरिका पठाएको भन्दै इयूले मेटामाथि हालसम्मकै ठूलो जरिवाना गरेको हो। योसँगै गतवर्ष अमेजनमाथि लागेको ८२ करोड १२ लाख डलर जरिवानालाई मेटाले उछिनेको छ ।

By | 2023-05-29T07:58:55+00:00 May 29th, 2023|विज्ञान – प्रबिधि खबर|